इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि गरेको छ । अमेरिकी–इजरायल आक्रमण परी खामेनेईको मृत्यु भएको हो ।
इरानको मिलिटरी मोनिटरले सामाजिक सञ्जालमा ‘एक्स’मा खामेनेईको तस्बिर राखेर लेखेको छ, “पक्कै पनि हामी ईश्वरका हौँ । र, हामी उहाँतिरै फर्किन्छौँ ।”
मिलिटरी मोनिटरले इरानको इस्लामिक क्रान्तिका नेता इमाम खामेनीलाई सहिद घोषणा गरिएको बताएको छ ।

✏️ टिप्पणी लेख्नुहोस्