इरानले हिजो शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ। यस क्रममा इरानले एक घण्टाभित्र इजरायलमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानले गएराति इजरायलका डिमोना र अराद सहरमा क्षेप्यास्त्र हानेको हो। डिमोनामा इजरायलको प्रमुख आणविक ऊर्जा केन्द्र छ। इरानी आक्रमणबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका अन्तर्राट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इजरायलको विदेश मन्त्रालय र स्वास्थ्य सेवाले घाइतेमा बालबालिका रहेको उल्लेख गरेका छन्।
इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले त्रासदीपूर्ण साँझ भनिसकेका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्