आज देशैभरिका सबै स्थानीय तहले बजेट प्रस्तुत गर्दैछन्। आर्थिक वर्ष २०८२र०८३ का लागि देशभरका सात सय ५३ स्थानीय तह मध्ये अधिकाशंले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष १० असारभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने प्रावधान छ।
त्यही कानुनी व्यवस्थाका कारण स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् । तर, केही स्थानीय तहले भने आन्तरिक किचलोका कारण कानुनी व्यवस्थालाई लत्याउँलै बजेट प्रस्तुत गनृ सकेका छैनन् । जसमा देशकै पहिलो र ठूलो काठमाडौं महानगरपालिका समेत छ ।
सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार सातसय ५३ स्थानीय तहमध्ये हिजो सोमबारसम्म ४० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्। त्यसमा पोखरा, भरतपुर महानगरपालिकालगायत छन् ।
✏️ टिप्पणी लेख्नुहोस्