नेपाली कांग्रेसले जेनजी विद्रोहका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठलाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाएको छ।

नारायणलाई नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले समानुपातिक उम्मेदवार बनाउन पार्टी केन्द्रलाई सिफारिस गरेको थियो। जिल्ला सभापति सबुजकृष्ण बानियाँले जेनजी सहिद धिरजका बुवा नारायणलाई समानुपातिक उम्मेदवार बनाउन आफूहरूले सिफारिस गरेको सुनाए। नारायण काठमाडौं क्षेत्र नम्बर ७ का बासिन्दा हुन्।

कांग्रेसले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा उक्त सूचीमा नारायणको नाम समावेश गरेको छ। सहिद धिरजका बुवा नारायणले आफ्नो नाम कांग्रेस समानुपातिक सूचीमा परेको भन्दै बधाई आइरहेको जानकारी दिए। उनी कांग्रेसको लोकतान्त्रिक जनजाति संघ काठमाडौं क्षेत्र नम्बर ७ प्रदेश सभा क्षेत्र नं. २ का सभापति हुन् ।