नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस र एमालेले ४ सिट नदिए राष्ट्रिय सभा निर्वाचनमा एक्लै आफ्ना उम्मेदवार खडा गर्ने भएको छ । एमाले र कांग्रेसले नेकपालाई तीन सिट दिएर समेट्ने प्रस्ताव गरेका थिए । तर आफ्नो मतभार बमोजिम नेकपाले कम्तिमा चार सिट दाबी गरेको नेता राजेन्द्र पाण्डेको भनाइ छ ।

कांग्रेस एमालेसँग तालमेल गर्दा सन्देश पनि राम्रो नगएको भन्दै एक्लै चुनावमा जान नेकपामा दबाब छ । नेकपाका अर्का नेता प्रकाश ज्वालाले मतभार बमोजिमको सिट नपाए कांग्रेस एमालेसँग लतारिएर नजाने समझदारी हिजो मंगलबारकै परामर्श बैठकमा भएको सुनाए ।