प्रधानमन्त्री केपी ओलीले हिजो अपरान्ह नियुक्त गरेका शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

अहिले अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले हिजो बुधबार पन्तलाई मन्त्री नियुक्त गरेका थिए ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पन्तको काँधमा शिक्षक आन्दोलनलाई मथ्थर पार्नु पर्ने दायित्व छ ।