चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । गत १७ मंसिरमा चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली अहिले केही सुमय अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले स्वागत गरे । ओलीलाई नेपाली सेनाले विमानस्थलमा गार्ड अफ अनर प्रदान गरेको थियो ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गरेका थिए । ओलीका भ्रमणका क्रममा हिजो नेपाल र चीनबीच बीआरआई फ्रेसवर्कमा समेत हस्ताक्षर भएको छ ।