रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड जित नजिक पुगेका छन् । भूमे र सिस्ने गाउँपालिकाको मतगणना सकिदा उनी झण्डै तेब्बर मतले अगाडि देखिएका छन् ।

प्रचण्डले ६ हजार ८ सय २० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका लिलामणि गौतम दुई हजार ७ सय ५६ मतमा रोकिएका छन् । त्यस्तै कांग्रेसकी कुसुमदेवी थापाले एक हजार ८ सय ५८ र रास्वपाका लखनकुमार थापाले ६ सय ५२ मत मात्रै ल्याएको तथ्यांक छ ।

तीन वटा मात्र पालिका रहेको त्यहाँ अहिले पुथाउत्तरगंगा गाउँपालिकाको मतगणना चलिरहेको छ ।