गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र ‘जेनजी सहिदहरुको सालिक’ निर्माणका लागि उपयुक्त ठाउँको अवलोकन गरेका छन्। सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन परिसरभित्र सहिदहरुको सालिक निर्माण गर्ने गरी गृहमन्त्री अर्यालले ठाउँको अवलोकन गरेको हुन् ।
जेनजी सहिद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धता र वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा आज आइतबार पुगेका थिए ।
गत भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय गरेको थियो भने कार्तिक १७ को मन्त्रिपरिषद् बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी र ३ प्रहरीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।
✏️ टिप्पणी लेख्नुहोस्