प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ विद्रोहका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् । आज अपरान्ह सिंहदरबारमा सहिद परिवारका प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् । छलफल विद्रोहको जनादेश अनुसार काम गर्ने विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो । यस्तै, उनीहरुल्े यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे प्रधानमन्त्रीलाई सचेत गराएका थिए ।

प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको जनादेश र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताएका थिए । छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति रहेको थियो ।