हुम्ला सडक सञ्जालमा जोडिँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जान लागेका उनको सचिवालयले जनाएको छ । ओलीका हातबाट पुल उद्घाटनका लागि निर्माण कार्य द्रुततर रूपमा सम्पन्न गरिएको थियो ।हो ।
प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम छ । पुल उद्घाटनपछि हुम्ला सदरमुकाम सिमिकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।
पुल सञ्चालनमा आएसँगै २६ वर्षदेखि सडकको प्रतीक्षामा रहेको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।
✏️ टिप्पणी लेख्नुहोस्