पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा घटनाको जानकारी गराउन आज जाँदैछन् । लेखक दिउँसो १२ बजे आयोगमा गएर घटनाबारे छलफल गर्ने तय भएको छ ।
लेखकले गएको बिहिबार नै आज सोमबार बयान जाने सार्वजनिक जानकारी गराएका थिए । आयोगमा बयान दिएपछि उनले आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने भएका छन् ।
✏️ टिप्पणी लेख्नुहोस्