राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक भोलि आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।
सभापति रवि लामिछानेको अस्वस्थताका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्