पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाइ अदालत लगिएको छ । रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो ।
डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बिगो माग गरिने भएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्