राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा पक्राउ गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन्। थापासहित ७ जनालाई प्रहरीले आज दिउँसो काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ गरेको थियो भने सिंह थापालाई भेट्न जाँदा प्रहरी परिसर भदै्रकालीबाट पक्राउ परेका थिए।

यी सात बाहेक रक्सी खाएर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना डा राजीव झालाई भने हिरासतमै राखेको छ । उनलाई मुद्दा चलाउने प्रहरीको भनाइ छ ।

रिहा हुनमा कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना छन् । प्रहरीले उनीहरुलाई आफन्तको रोहबरमा छाडेको हो ।