नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मदन भण्डारीको ७४ औं जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत देखिसकिएको बताए ।
विगतका वर्षहरू एमालेमाथि महाप्रहारका वर्षहरू रहेको बताउँदै ओलीले सम्बोधनका क्रममा भने, ‘हाम्रा विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षारोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमाले निकट सङ्गठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम ?’
अध्यक्ष ओलीले आजकै कार्यक्रमबाट एमालेमा बम पड्कन्छ र ध्वस्त हुन्छ भन्ने सपना देखेर विरोधीहरू बसेको बताए । उनले भने, ‘कुनै बम, बारुद पड्किनेवाला छैन । आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । यसो अनलाइनतिर हेर्नुभयो भने तपाईंहरू छक्क पर्नुहुन्छ ।’
✏️ टिप्पणी लेख्नुहोस्