हिजो बुधबारदेखि अस्वस्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज वपनि थप आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनलाई चिकित्सकले आज पनि आराम गर्न सुझाव दिएका हुन् ।

‘आज पनि प्रधानमन्त्री अत्यावश्यकबाहेक भेटघाटमा सहभागी हुने कार्यक्रम राखिएको छैन’, सचिवालयले भन्यो। हिजो बुधबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो। तर रुँघाखोकीले एक्कासी अस्वस्थ भएपछि एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री संसद्‌मा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीलाई रुँघाखोकीको समस्या देखिएको बताइएको छ। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा निजी चिकित्सकबाट उपचार गराइरहेका छन्।