नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) तीन वर्षपछि बदलिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले प्रचण्डको सुरक्षा कमाण्डमा खटिएका डीएसपी सिद्धराज न्यौपानेलाई फिर्ता गरेर अर्का डीएसपी दीपक सुवेदीलाई खटाएको छ ।
डीएसपी न्यौपाने साउन २०७९ देखि प्रचण्डको पीएसओको थिए । प्रहरी प्रधान कार्यालयले ठिक तीन वर्षपछि न्यौपानेको स्थानमा दीपक सुवेदीलाई पठाएको हो ।
न्यौपानेलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रचण्डको सुरक्षामा खटिनुअघि सुवेदी नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत थिए ।
✏️ टिप्पणी लेख्नुहोस्