बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, रसुवाको पासाङ ल्हामु राजमार्ग, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, म्याग्दीस्थित दरवाङ सडक, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

बाढी पहिरोका कारण अवरुद्ध बनेपा–नाला–भक्तपुर, बागलुङ गुल्मीको कालीगण्डकी करिडोर र रोल्पास्थित सहिद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।