नागरिक उन्मुक्ति पार्टी (नाउपाए की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अध्यक्षको जिम्मेवारीबाट अलग भएकी छन् । अस्वस्थ्ताको कारण देखाउँदै उनी पार्टी अध्यक्षबाट बाहिरिएकी हुन् । उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई पदिएकी छन् । श्रेष्ठले पोखरा महानगरपालिका ६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई नौ साउनमा २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए । २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरी अध्यक्ष श्रेष्ठले विधानको सहुलियत प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।
केही दिनदेखि अस्वस्थ भएकोले पार्टीको दैनिक कार्य सञ्चालनमा असहजता भएको भन्दै उनले बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएको पत्रमा लेखेकी छन् ।
✏️ टिप्पणी लेख्नुहोस्