प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका मुख्य सचेतकहरुको बैठक बोलाएका छन् । सभामुख घिमिरले अहिले साढे १० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन् ।
रास्वपाको संसदीय दलको बैठक पनि बस्दैछ । तीन दलका मुख्य सचेतकसँग बैठक गर्नु अघि घिमिरेले रास्वापका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । रास्वपासँगको छलफलपछि कांग्रेस, एमाले र माओवादीका मुख्य सचेतकसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । त्यसअघि सभामुखले दलका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।
✏️ टिप्पणी लेख्नुहोस्