अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् ।

अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि ट्रम्प प्रशासनले यो कदम चालेको बताइएको छ ।

विश्वविद्यालयमा गोली चलाउने ब्राउनलाई प्रहरीले धेरै दिनदेखि खोजिरहेको थियो । उनी मृत भेटिएका छन् । “यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैनथ्यो,” नोएमले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डिभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु । ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस् ।”

नोएमका अनुसार गोली हान्ने क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्ड जारी गरिएको थियो । सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौं व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् ।

अमेरिकी संसद्ले बनाएको कानुनअनुसार लागु गरिएको यो कार्यक्रम नोएमले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय भने स्पष्ट छैन ।लट्रीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालय ९स्टेट डिपार्टमेन्ट०ले व्यवस्थापन गर्ने भए पनि अमेरिकामा पहिल्यै रहेका आवेदकहरूको सानो संख्याका लागि गृह सुरक्षा विभाग ९डीएचएस० अन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजले प्रक्रिया गर्छ ।

राष्ट्रपति ट्रम्प डाइभरसिटी भिसा लट्री कार्यक्रम लामो समयदेखि आलोचक रहँदै आएका छन् । उनका अनुसार यो कार्यक्रमले सुरक्षा जोखिम निम्त्याउन सक्छ । रोजगारीमा आधारित भिसाजस्तो पर्याप्त योग्यतामा आधारित छैन । उनले आफ्नो पहिलो कार्यकालको सुरुआतमै यो कार्यक्रम समाप्त गर्ने प्रयास गरेका थिए ।
सीबीएसन्युज/बाह्खरीबाट