समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा आज सकिँदै छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।

सीमित दलले हिजो आइतबार बन्दसूची बुझाए पनि अधिकांश ठूला दल आज आयोग जाँदै छन् । नेपाली कांग्रेसले बन्दसूची तयार पार्न सकेको छैन । समानुपातिकतर्फबाट कसकसलाई उमेदवार बनाउने भन्ने अन्तिम समयसम्म पनि टुंगो लगाउन नसकेको हो । अहिले हतारमा सूची तयार पार्ने काममा कांग्रेस नेतृत्व जुटिरहेको छ ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने बताएको छ । गत बुधबारदेखि जारी बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम अझै सकिएको छैन ।

एक्ँ
कांग्रेसले बन्दसूची पेस गर्ने समय एक हप्तापछि सार्न गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि कांग्रेस छलफलमा भने जुटेको छ । बन्दसूची तयार पार्नका लागि बुधबारदेखि सुरु भएको कार्यसम्पादन समिति बैठक अझै टुंगोमा पुग्न सकेको छैन ।