नेकपा एमालेले सचिवालय बैठक बस्दैछ ।  

एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो ।

प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमकमा अनुसार सचिवालय बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुनेछ।

साथै, लाेकतन्त्र दिवस अर्थात बैशाख ११ मा हुन लागेकाे युवा भेलाका तयारीका बारेमा पनि छलफल हुने छ ।