Nepalmuhar Full version →
राजनीति

६४ मतसहित कांग्रेस सांसद बानियाँद्धारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

Nepalmuhar August 4, 2025
बागमती प्रदेशको भावी मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरिएको छ। नेकपा एमालेको समर्थनसहित कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा  दाबी पेस गरेका हुन् ।  हिजो तत्कालिन मुख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएको भोलीपल्ट अर्थात आज  सत्ता गठबन्धन दल एमालेको समर्थनमा न...

बागमती प्रदेशको भावी मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरिएको छ। नेकपा एमालेको समर्थनसहित कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा  दाबी पेस गरेका हुन् । 

हिजो तत्कालिन मुख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएको भोलीपल्ट अर्थात आज  सत्ता गठबन्धन दल एमालेको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

कुल  ६४ मतसहित बानियाँको दावी प्रस्तुत भएको छ । जसमा कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा रहेको छ। प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ः०० बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
 


Featured इन्द्रबहादुर बानियाँ कांग्रेस सांसद