Nepal Muhar Full version →
अन्तर्राष्ट्रिय

इजरायलविरुद्ध इरानको आक्रमण तीव्र, १ घण्टाभित्र तीन ब्यालिस्टिक मिसाइल प्रहार

nepalmuhar March 22, 2026
इरानले हिजो शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ। यस क्रममा इरानले एक घण्टाभित्र इजरायलमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले गएराति इजरायलका डिमोना र अराद सहरमा क्षेप्यास्त्र हानेको हो। डिमोनामा इजरायलको प्रमुख आणविक ऊर्जा केन्द्र छ। इरानी आक्रमणबाट ३०० भन्दा बढी व्यक्...

इरानले हिजो शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ। यस क्रममा इरानले एक घण्टाभित्र इजरायलमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

इरानले गएराति इजरायलका डिमोना र अराद सहरमा क्षेप्यास्त्र हानेको हो। डिमोनामा इजरायलको प्रमुख आणविक ऊर्जा केन्द्र छ। इरानी आक्रमणबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका अन्तर्राट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायलको विदेश मन्त्रालय र स्वास्थ्य सेवाले घाइतेमा बालबालिका रहेको उल्लेख गरेका छन्।
इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले त्रासदीपूर्ण साँझ भनिसकेका छन् ।

Featured इरान इजरायल