Nepalmuhar Full version →
राजनीति

जसपा नेपालले कार्यकारिणी बैठकबाट मनोनित गर्यो पाँच जना केन्द्रीय सदस्य

Nepalmuhar June 23, 2025
उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालले ५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो र आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न पार्टी परित्याग गरेर जसपा नेपाल रोजेकाहरूलाई केन्द्रीय समितिमा मनोनित गरेको प्रवक्ता मनिष सुमनले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएक...

उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालले ५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो र आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न पार्टी परित्याग गरेर जसपा नेपाल रोजेकाहरूलाई केन्द्रीय समितिमा मनोनित गरेको प्रवक्ता मनिष सुमनले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

सुमनका अनुसार शशिकपुर मियाँ, करिमा बेगम, सुधीर नाथ पाण्डे, कैलाश गुरुङ र निलम यादवलाई केन्द्रीय समितिमा मनोनयन गरिएको हो ।

बैठकले भदौ २५ देखि २७ सम्म आयोजना गरिने पार्टी अधिवेशनका लागि प्रदेश निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको पनि सुमन जानकारी दिएका छन् ।

जसपा नेपाल केन्द्रीय सदस्य