Nepal Muhar Full version →
समसामयिक

बाढीपहिरोले १० प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध

nepalmuhar July 9, 2025
बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, रसुवाको पासाङ ल्हामु राजमार्ग, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, म्याग्दीस्थित दरवाङ सडक, डोल्पास्थित भेरी करिड...

बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, रसुवाको पासाङ ल्हामु राजमार्ग, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, म्याग्दीस्थित दरवाङ सडक, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

बाढी पहिरोका कारण अवरुद्ध बनेपा–नाला–भक्तपुर, बागलुङ गुल्मीको कालीगण्डकी करिडोर र रोल्पास्थित सहिद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

बाढीपहिरो